कर्णाली प्रदेश सरकार
उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
डिभिजन वन कार्यालय
दैलेख
परिचय

वनस्रोत एक महत्वपूर्ण खुल्ला तथा साझा प्राकृतिक सम्पदा हो । नेपालको आर्थिक विकासको लागि मेरुदण्डको रुपमा रहेका कृषि, पर्यटन, जलस्रोत, उद्योग आदिको आधारस्तम्भ पनि वन नै हो । वन क्षेत्रको संरक्षण, सम्वद्र्धन र सदुपयोगको लागि वि.सं. २०४० सालमा विकेन्द्रीकरणको भावना र मर्म अनुसार ५ वटा क्षेत्रीय वन निर्देशनालय र ७५ वटै जिल्लामा जिल्ला वन कार्यायालयको रुपमा स्थापना गर्ने नीति अनुसार आ.व. २०४३।०४४ मा जिल्ला वन कार्यालय, दैलेखको स्थापना भएको थियो । देशमा संघीय संरचना लागू भए पश्चात २०७४।०४।०१ देखि यस कार्यालयको नाम डिभिजन वन कार्यालय, दैलेख रहन गएको हो ।


उदेश्य

  • वन र वन्यजन्तुको संरक्षण, सम्वद्र्धन र सदुपयोग गरी पर्यावरणीय सन्तुलन तथा स्वच्छ वातावरण कायम राख्नु ।
  • वन क्षेत्रको उत्पादकत्व र वन पैदावारहरुको उत्पादन अभिवृद्धि गर्नु ।
  • भू–संरक्षण तथा जलाधार व्यवस्थापन गर्नु ।
  • वनजन्य उद्यम तथा पर्यापर्यटनको विकास तथा प्रवद्र्धन गर्नु ।
  • जडिवुटी उत्पादान, संकलन, खेती विस्तार, प्रशोधन र बजारीकरणको लागि सहजीकरण गर्नु ।

केन्द्रको जिम्मेवारी
वन व्यवस्थापन, भू–संरक्षण र वन उद्यम तथा पर्यटन विकास तथा प्रवद्र्धनद्वारा स्वच्छ वातावरण कायम राख्दै स्थानीय रोजगारी तथा आयआर्जनमा सुधार ल्याउने । वन तथा जलाधारको दीगो तथा सहभागितामूलक व्यवस्थापनबाट वातावरणीय सन्तुलन र दीगो विकास कायम राख्दै वन उद्यम प्रवद्र्धन, वन्यजन्तु संरक्षण तथा पर्यापर्यटनको विकास, जडिवुटी खेती विस्तार तथा प्रशोधन एवं वनजन्य अन्य वस्तु तथा सेवाको उत्पादन, मूल्य अभिवृद्धि एवं न्यायोचित वितरण मार्फत दैलेख जिल्लाको अर्थतन्त्रमा वन क्षेत्रको योगदान वृद्धि गर्ने ।